शेरचनले छाडेपछि कोइराला निर्विरोध
नेपाल बैंकर्स संघको आगामी अध्यक्षका निम्ति माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला निर्विरोध छानिएका छन् । कोइराला भोलिसम्म संघका उपाध्यक्षमा रहने छन् ।
प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अध्यक्षको दाबी छाडेपछि कोइराला निर्विरोध भएका हुन् । रिक्त हुने उपाध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीलाई पदोन्नति गर्ने सहमति भएको छ ।
संघका रिक्त तीन पदमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पुनः चयन भएका छन् । त्यसैगरी अन्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल हुन् ।
पर्सि डाकिएको संघको साधारणसभाले नयाँ कार्यसमितिलाई अनुमोदन गर्नेछ । संघको वर्तमान अध्यक्ष एनएमबी बैंकका सुनिल केसी हुन् ।
टिप्पणीहरू