एक हजार जोगाउन भागेका बलराम भोर्लेटारमा भेटिए

एक हजार जोगाउन भागेका बलराम भोर्लेटारमा भेटिए
सुन्नुहोस्

चेक अनादर मुद्दामा दुई वर्षदेखि फरार बलराम तिवारी समातिएका छन् । पोखरा महानगरपालिका–७ तुल्सीघाटका ४० वर्षीय उनलाई आज तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो । 

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको टोलीले उनलाई ब्यास नगरपालिका–४ भोर्लेटार चोकस्थित हिँडिरहेको अवस्थामा पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार जिल्ला अदालत तनहुँले तिवारीलाई २०७९ पुस २० गते चेक अनादर मुद्दामा दोषी ठहर गर्दै एक हजार रुपैयाँ जरिवाना तोकेको थियो । 

फैसलालगत्तै फरार भएका उनलाई जरिवाना भुक्तानका लागि अदालतमा उपस्थित गराइएको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू