चिडियाखाना घुमेपछि प्रधानमन्त्रीका पिता प्रफुल्ल
प्रधानमन्त्री केपी शर्मा ओलीका पिता चिडियाखाना पुग्नुभएको छ । ललितपुरको जावलाखेलस्थित चिडियाखाना घुम्न जानुभएका ९५ वर्षे पिता मोहनप्रसाद ओलीले अत्यन्त खुशी लागेको प्रतिक्रिया दिनुभएको छ ।
चिडियाखाना अवलोकनपछि हिजाे त्यहाँका अधिकारीहरुसँगको कुराकानीमा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो । प्रधानमन्त्री राष्ट्रिय प्रकृति संरक्षण कोषको संरक्षक पनि हुनुहुन्छ ।
टिप्पणीहरू