फोटोकाण्ड मच्याउने निकोलसलाई पोखरा पठाइयो

फोटोकाण्ड मच्याउने निकोलसलाई पोखरा पठाइयो
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने हिरासतमा सुतिरहेको फोटो खोचेर भाइरल बनाउने डा.निकोलस भुसाललाई पोखरा लगिएको छ । 

हिजो साँझ काठमाडौँको गोठालो रिसोर्टबाट समातिएका उनलाई प्रहरीले आज बिहान ११ बजे यती एयरलाइन्सको उडान नम्बर एनवाईटी ६७३ मा पोखरा पठाएको हो । हिरासतमा रहेका आरोपितको फोटो सार्वजनिक गरेको घटनामा आवश्यक अनुसन्धानका लागि भुसाललाई पोखरा पठाएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ । 

सहकारी ठगी मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका लामिछानेको फोटो भुसालले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका थिए । लगत्तै पोष्ट हटाएका उनले भोलिपल्ट फेसबुक लाइभ बस्दै आफूले नै उक्त फोटो खिचेको बताएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दिपक बोहोरासँगको सल्लाहमै उनले योजनावद्धरुपमा फोटो खिचेर बाहिर ल्याएको प्रहरी स्रोतले दावी गरेको छ । यस सम्बन्धमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
 

टिप्पणीहरू