ग्लोबल आइएमईको साप्ताहिक हाटबजार

ग्लोबल आइएमईको साप्ताहिक हाटबजार

ग्लोबल आइएमई बैंकले ग्लोबल हाटबजार सञ्चालन गरेको छ । आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुको बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले हाटबजार सञ्चालनमा ल्याएको जनाएको छ । 

बैंकले कर्जा प्रवाह गरेका लघु, साना तथा मझौला उद्यमीका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउन बैंकको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्ने साप्ताहिक कार्यक्रम छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हाटबजारको उद्घाटन गर्दै दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पुर्याइरहेका लघु, साना तथा मझौला उद्यमको बजारमा पहुँच विस्तार गर्न नयाँ सोचका साथ उक्त कार्यक्रम ल्याइएको बताए ।  

टिप्पणीहरू