छविको बयानपछि रविको पालो
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूर मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि कास्की जिल्ला अदालत लगिएको छ । उनीसहित पाँच जना प्रतिवादीलाई बयानका लागि अदालत पुर्याइएको छ ।
नेपाल प्रहरीका पूर्वडीआईजी एवम् गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाईं र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङलाई अदालतमा लगिएको छ । उनीहरुको बयान हिजोदेखि सुरु भएको हो ।
हिजो जोशीको बयान लिए पनि सकिएको थिएन । जोशीपछि रविको बयान लिइने अदालत स्रोतले बताएको छ । त्यसपछि अरुको बयान लिने र यो क्रम छिटोमा पर्सि ढिलोमा शुक्रबारसम्म सकिने अनुमान छ ।
टिप्पणीहरू