एसबिआईको लुम्बिनी कार्यालय रुपन्देहीमा
नेपाल एसबिआई बैंक लिमिटेडको लुम्बिनी प्रदेश कार्यालय स्थानान्तरण भएको छ । यसअघि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ सुर्खेत रोडमा रहेको कार्यालयलाई रुपन्देही सारिएको हो ।
बैंकका अनुसार सिद्धार्थनगर नगरपालिका–०८ नारायणपथ भैरहवामा कार्यालय सञ्चालनमा ल्याइएको छ । बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृतद्धय दीपककुमार दे र रामकुमार तिवारील कार्यालयको नयाँ भवन परिसरबाट सेवा शुभारम्भ गरेका हुन् ।
सो अवसरमा बैंकका प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरु सहभागी भएका थिए । कार्यालय स्थानान्तरणबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ्ग सेवा उपलब्ध हुने बैंकको विश्वास छ ।
एसबिआई बैंकले हाल एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, सात प्रादेशिक कार्यालय, एक कर्पोरेट कार्यालय, एक सय २१ एटिएमबाट आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत् सेवा प्रदान गर्दै आएको छ ।
टिप्पणीहरू