बिजुलीकली नयाँ हात्ती सुन्दरी (फोटोफिचर)

बिजुलीकली नयाँ हात्ती सुन्दरी (फोटोफिचर)
सुन्नुहोस्

सौराहामा भएको हात्ती सुन्दरी प्रतियोगितामा २५ वर्षकी बिजलुकली प्रथम भएकी छन् । बाघमारा सामुदायिक वनको चौरमा आज आयोजित प्रतियोगितामा शृङ्गार, चालचलन, अनुशासन, आज्ञाकारी, हिँडाइको चाल, स्वास्थ्यलगायत विभिन्न मापदण्डमा बिजुलीकली सबभन्दा उत्कृष्ट भएकाले उपाधि जितेकी हुन् ।

चितवनमा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको हो । क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गर्दै आएको छ ।

यस पटकको महोत्सव १८ औं हो । सौराहाको आडमा रहेको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजित महोत्सव सोमबारसम्म हुने छ । महोत्सवमा हात्तीका विभिन्न खेल र मनोरञ्जन गतिविधि देखाइन्छ ।

तस्बिरहरु

टिप्पणीहरू