डोलप्रसादको अध्यक्षतामा बसेको रास्वपा बैठकले गर्यो यस्तो निर्णय

डोलप्रसादको अध्यक्षतामा बसेको रास्वपा बैठकले गर्यो यस्तो निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । 

कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी पुस १९, २० र २१ गते विस्तारित बैठक बस्ने निर्णय गरेको हो । बैठकले संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनयन पनि गरेको छ । 

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनित भएका छन् । धर्म केसी, गोपाल घिमिरे र डा. विमल तिवारीलाई संगठन विभागको सदस्य बनाइएको छ ।   

कावा सभापति अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा समीक्षा प्रस्तुत गरेको र कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीबाट ६० जिल्लामा भेला भएको विवरण पेश भएको झाले जानकारी दिए । 

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेमाथि मुद्दा चलेपछि कार्यवाहक तोकिएका अर्यालको अध्यक्षतामा आज सचिवालयको पहिलो बैठक बसेको हो ।

टिप्पणीहरू