किन गए समिम मियाँ एक रातका लागि दुबई ?

किन गए समिम मियाँ एक रातका लागि दुबई ?
सुन्नुहोस्

राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी दुबईबाट फर्केका छन् । उनी फ्लाई दुबईको उडान नम्बर एफजेड ११३३ मा आज बिहान पौने ९ बजे काठमाडौं आइपुगेका हुन् । 

गत बिहीबार अपरान्ह सवा ४ बजे फ्लाइ दुबई कै उडान नम्बर एफजेड ५४० मा काठमाडौंबाट त्यता गएका उनी बिहीबार एक रात बसेर फर्केका हुन् ।

बिहीबारअघि नेपाल आएका साउदी अरेबियन इस्लामिक मामिला मन्त्रालयका उपसचिव डाक्टर आवाद बिन सेब्ती अलानाजीको स्वागत र सत्कारमा व्यस्त थिए । उपसविच आवाद आधा दर्जन सदस्यको टोलीसहित पुस ७ गते नेपाल आएर ९ गते स्वदेश फर्किए ।

सचिव डा. अवादलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अन्सारीले स्वागत गरेका थिए । उनी नियमित दुबई जाउआउ गरिरहन्छन् । दुबईबाट अन्यत्र छड्किएको बारे भने कुनै जानकारी दिने गरिएको छैन ।
 

टिप्पणीहरू