ताइवानलाई जसरी पनि एकीकरण गराइने चिनियाँ राष्ट्रपतिको दृढता

ताइवानलाई जसरी पनि एकीकरण गराइने चिनियाँ राष्ट्रपतिको दृढता

चिनियाँ राष्ट्रपति सि चिनफिङले ताइवानको पुनः एकीकरणलाई कसैले रोक्न नसक्ने चेतावनी दिनुभएको छ । नयाँ वर्ष २०२५ का अवसरमा राष्ट्रको नाममा गर्नुभएको सम्बोधनमा उहाँले ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रुपमा हेरेको उल्लेख गर्नुभयो । 

राष्ट्रपति सिले ताइवानलाई जसरी पनि एकीकरण गरेरै छाड्ने दृढता व्यक्त गर्नुभएको छ । सम्बोधनमा सिले गत वर्ष २०२४ मा चीनको कूल गार्हस्थ उत्पादन ‘जीडीपी’ एकसय ७० खर्ब ८० अर्ब अमेरिकी डलर नाघेको अनुमान गर्नुभएको छ । नयाँ वर्ष २०२५ चीनले थप आर्थिक वृद्धिका लागि विभिन्न कार्यक्रम र नीति तर्जुमा गर्ने उहाँको भनाइ छ । 

चीनले विश्वका अन्य मुलुकलाई ताइवानसँग कूटनीतिक सम्बन्ध र सम्पर्क नराख्न अनुरोध गर्दै आएको छ । ताइवान मामिलालाई चीनले आन्तरिक मामिलाको रुपमा लिने गरेको छ । अमेरिकाले ताइवानबारे लिने गरेको चासोप्रति चीनले गम्भीर आपत्ति जनाउने गर्दछ छ । 

नेपालले ताइवान एकीकरणको विषयमा एक चीन नीतिप्रति दृढ समर्थन जनाउँदै आएको छ । सीमाना जोडिएको सिचाङ (तिब्बत) मामिलामा पनि नेपाल चीन सङ्गै छ ।
 

टिप्पणीहरू