रास्वपाका नेताहरु स्वयम्भू पछाडिको पार्टी प्यालेसमा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुईदिने केन्द्रीय समितिको बैठक शुरु भएको छ ।
आज बिहान ७ बजेदेखि स्वयम्भू नजिकैको स्टार ब्याङ्क्वेटमा भेला हुने र सवा ८ बजेदेखि बैठक शुरु गर्ने भनिए पनि झण्डै एक घण्टा ढिलो कार्यक्रम थालिएको छ ।
आज दिनभर समसामयिक राजनीतिमा छलफल, स्थानीय तह उपनिर्वाचनको समीक्षा र सांगठनिक समीक्षाको साथैै संगठन रणनीति बनाउने कार्यक्रम छ । बैठकले संगठन सबलीकरण र जागरण, प्रदेश समन्वय संयन्त्रबारे पनि आवश्यक निर्णय लिने बताइएको छ ।
भोलि संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ । त्यसैगरी जलेश्वर बैठक र राष्ट्रिय भेलामा प्रस्तुत पार्टी सभापतिको राजनीतिक प्रतिवेदनका आधारमा पार्टीको आगामी कार्यदिशासँगै कार्यक्रम तालिकाको निक्र्यौल गरिँदैछ ।
रास्वपा केन्द्रीय समितिमा ६१ जना सदस्य छन् । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएपछि सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतमा छन् । आजको बैठक पार्टीका कार्यवाहक सभापति डोरप्रसाद अर्यालको अध्यक्षतामा बस्दै छ ।
टिप्पणीहरू