अदालतभित्रै आगो दन्दनी,कर्मचारीलाई चेतावनी

अदालतभित्रै आगो दन्दनी,कर्मचारीलाई चेतावनी

काठमाडौं जिल्ला अदालतमा आगलागी भएको छ । इजलास नम्बर १९ मा विद्युत सट भएर अस्ति आगो लागेको हो । आगलागी हुँदा इजलासमा भएको टेबलकुर्सी जलेर ध्वस्त भएको छ । उक्त घटनापछि अदालतले काम सिद्धिनासाथ अनिवार्य बत्तीको लाइन अफ गर्न सचेत गराएको छ । 

अदालतले सूचना नै जारी गरेर कर्मचारीहरुलाई जिम्मेवार बन्न आग्रह गरेको छ । भनिएको छ,‘मिति २०८१–०९–२० गते इजलास नम्बर १९ मा विद्युत सट भई इजलासमा भएको कुर्सी टेबलसमेत जली ध्वस्त भएको देखिएकोले यस अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले आफ्नो काम सिद्धिएपछि अनिवार्य रुपमा बत्तीको लाइन अफ गरी जिम्मेवार राष्ट्रसेवकको भूमिका निर्वाह गर्नुहुन अनुरोध छ ।’

त्यसैगरी, कुनै फाँट वा इजलासमा त्यस किसिमको घटना दोहोरिएमा सम्बन्धित कर्मचारी जिम्मेवारी हुने चेतावनीसमेत दिइएको छ ।

टिप्पणीहरू