सत्ता गठबन्धनसँग बिच्किएको जनमतद्वारा मोर्चाबन्दीको पहल
सिके राउत नेतृत्वको जनमत पार्टीले मधेस केन्द्रित दलसँग मोर्चाबन्दीका लागि औपचारिक सुरुवात गरेको छ ।
मधेसवादी दलहरुबीच संवाद र सहकार्यको पहल गर्न सो पार्टीले दुई सदस्यीय कार्यदल गठन गरेको हो । पूर्वमन्त्रीसमेत रहेका उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा गठित समितिमा डा. सरदसिंह यादव सदस्य छन् ।
‘केन्द्रीय सचिवालय समितिको निर्णयनुसार जनमत पार्टीले मधेस केन्द्रित दलहरूबिच संवाद र सहकार्यको पहल गर्नको लागि दुई (२) सदस्य समिति गठन गरेको ब्यहोरा जानकारी गर्दछौँ‚’ केन्द्रीय सचिवालय प्रमुख राजेशकुमार मण्डलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संविधान संशोधनको चर्चासंगै पछिल्लो समय मधेसवादी दलहरु एकाएक नजिकिएका छन् । यसअघि जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले पनि मोर्चाबन्दीको प्रयास थालेका थिए ।
टिप्पणीहरू