काठमाडौं जिल्ला अदालतमा रविको हाजिरी आज होइन पर्सि

काठमाडौं जिल्ला अदालतमा आज हाजिर हुने भनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पर्सि मात्रै उपस्थित हुने भएका छन् । उनी भर्खरैमात्र पोखराबाट स्थलमार्ग हुँदै राजधानी आएकाले भोलि शनिबार सार्वजनिक बिदा परेकाले पर्सि हाजिर हुने जनाइएको छ ।
सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा हुनुभएका लामिछाने काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन आउन लाग्नुभएको हो । भोली शनिबार परेकाले उहाँ आइतबार मात्र अदालतमा उपस्थित हुनुहुनेछ ।
आज अदालतमा हाजिर गराउन हिजो राति प्रहरीले ६५ लाख धरौटीमा छुटेपछि उनलाई परिवारको जिम्मा लगाएको थियो । दिउँसो साढे २ बजेको उडानमा काठमाडौं आउने भनिए पनि उनी सडक मार्ग हुँदै हिँडेपछि अदालतमा उपस्थित हुने मिति दुई दिन पछाडि धकेलिएको छ ।
उनलाई अन्य जिल्ला अदालतमा दर्ता भएका मुद्दाको प्रक्रियामा स्वयम् उपस्थित हुने सर्तमा कास्की जिल्ला अदालतले धरौटीमा छाडेको बताइन्छ । उनीविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ भने चितवन र पर्सामा सहकारी ठगी सम्बन्धमा प्रहरी अनुसन्धान जारी छ ।
टिप्पणीहरू