जिपलाइनमा झुण्डिएर स्वर्णिमको स्वागत

जिपलाइनमा झुण्डिएर स्वर्णिमको स्वागत
सुन्नुहोस्

नेपालीमा एउटा चर्चित उखान छ,‘कहीँ नभएको जात्रा हाँडीगाऊँमा ।’ त्यस्तै, दृश्य देखिएको छ,तनहुँको आँबुखैरेनीस्थित रामशाह माध्यमिक विद्यालयको वार्षिकोत्सवमा । गत पुस २७ गते विद्यालयको वार्षिकोत्सव थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद् स्वर्णिम वाग्ले प्रमुख अतिथि थिए । 

भव्य रुपमा आयोजित कार्यक्रममा स्वर्णिमलाई स्वागत गर्न नयाँ शैली अप्नाइयो । जिपलाइनमा झुण्डिएर विद्यार्थीले उनलाई माला लगाइदिए । हाल सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । अधिकांशले उनलाई भविष्यको ‘युवा केपी ओली’ भनिरहेका छन् । 

सामाजिक सञ्जाल प्रयोगकर्ता खुशी लामा लेख्छिन्,‘तपाईकै रास्वपा पार्टीका नेता हुन् नि त । अझै पनि यिनीहरुले देश र जनताको लागि केही राम्रो काम गर्लान् भनेर वकालत गर्नु भनेको चाँहि सिधै जनताको आँखामा छारो हाल्ने काम मात्रै हो । भविष्यको युवा ओली ।’ कतिपयले त्यस कार्यलाई ‘चटक’ को संज्ञा दिएका छन् । सनिज विष्टले भनेका छन्,‘यो खालको स्वागत अलि बढी चटक देखिने रहेछ ।’ विद्यार्थीको ज्यान जोखिममा राखेर स्वागत गरिदिएको भन्दै केहीले आपत्ति जनाएका छन् ।

नेपाली जनताले सीमाभन्दा बढी नेताहरुको पाउ पुज्छन् । सबैभन्दा बढी झोले बनेपछि अवसर पाउने पुराना दलको गुलामशैली भन्दापनि नाजुक । त्यसैले त नेता हिटलर बन्छन् । जनता गुलाम,ओली, देउवा, प्रचण्डलाई साँढे बनाउने पनि यस्तै गुलामवादी जनता हुन् ।’ 

‘नयाँ जोगीले धेरै खरानी घस्छन् भनेको यही हो । विचरा स्कूलको विद्यार्थीलाई ज्यानै जोखिम मोलेर’ खड्का महेशले लेखेका छन् । त्यसैगरी, पूर्णचन्द्र दवाडी भन्छन्,‘नेपाली जनताले सीमाभन्दा बढी नेताहरुको पाउ पुज्छन् । सबैभन्दा बढी झोले बनेपछि अवसर पाउने पुराना दलको गुलामशैली भन्दापनि नाजुक । त्यसैले त नेता हिटलर बन्छन् । जनता गुलाम,ओली, देउवा, प्रचण्डलाई साँढे बनाउने पनि यस्तै गुलामवादी जनता हुन् ।’

केही भने स्वर्णिमको बचाऊमा उत्रिएका छन् । त्यसमा नेताको नभई आयोजकको दोष रहेको उनीहरुको ठहर छ । आरटी मगरले भनेका छन्,‘यो नेताको दोष होइन । आयोजकको दोष हो । फेरि यो स्काउट टिमको प्रदर्शनी कार्यक्रम पनि भएकोले यो इभेन्ट देखाइएको हो । स्काउटमा यस्ता इभेन्टहरु थुप्रै हुन्छन् ।’

कोपिला श्रेष्ठ भन्छिन्,‘होइन, यसरी स्वागत गर्नुपर्छ भनेर स्वर्णिम सरले भन्नुभएको हो र ? यो त स्काउटका विद्यार्थीहरुको प्रस्तुति थियो । जता पनि नराम्रो मात्र किन देख्नुपर्यो !’ विद्यालयको स्काउट शिक्षक पृथ्वीबहादुर गुरुङ्गले स्काउटमा रहेका विद्यार्थीहरुले वार्षिकोत्सवको अवसरमा आफ्नो कला देखाएको बताए । हरेक वर्ष वार्षिकोत्सवमा स्काउटका विद्यार्थीले विभिन्न क्रियाकलाप गर्ने उनको भनाइ छ । 

‘हरेक वर्ष विद्यार्थीहरुले विभिन्न कला देखाउँछन् । यो वर्ष स्वर्णिमजी आउँदै हुनुहुन्थ्यो । स्काउटका विद्यार्थीले आफ्नो कला देखाउने भनेपछि त्यसरी स्वागत गरेका हौं । हामीले एक दशमलव पाँच टनको डोरी प्रयोग गरेका थियौं । त्यसैले कुनै जोखिम थिएन । तर, यसलाई नकारात्मक रुपमा लिइयो’,उनले गुनासो पोखे ।

टिप्पणीहरू