अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री कार्यालयमा कार्यक्रम

अध्यादेशबारे जानकारी दिन प्रधानमन्त्री कार्यालयमा कार्यक्रम
सुन्नुहोस्

संसद् बन्द गरेर अध्यादेशमार्फत देश चलाएको भनि व्यापक विरोध भइरहँदा सरकारले हालै जारी अध्यादेशबारे जानकारी दिन कार्यक्रमको आयोजना गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले अस्ति प्रमाणिकरण गर्नुभएको चार वटा अध्यादेशको अन्तरवस्तुबारे आज जानकारी दिन लाग्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कोठा नम्बर ४१३ स्थित सगरमाथा हलमा ४ बजेदेखि कार्यक्रम शुरु हुने उहाँको सचिवालयले जनाएको छ । 

कार्यक्रममा मन्त्रीहरु, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरुको उपस्थिति रहनेछ । गत भदौ ३१ गते वर्षे अधिवेशनको अन्त्य गरेको सरकारले हिँउदे अधिवेशन बोलाउने तयारी गरेको छैन् । 

सदनमा चाबी लगाएर सरकारले एकपछि अर्को अध्यादेश ल्याएपछि चर्को आलोचना भइरहेको छ ।

टिप्पणीहरू