लगनगाँठो कस्दै चर्चित गायिका राई
युवा पुस्ताकी चर्चित गायिका मेलिना राईले बिबाह गर्न लागेकी छन् । लमजुङका डाक्टर ध्रुव गुरुङसँग उनले भोलि लगनगाँठो कस्न लागेको बुझिएको छ ।
केही समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरुले हालै इन्गेजमेन्ट गरेका थिए । इन्गेजमेन्टको तस्वीर र भिडियो सार्वजनिक भएको छ ।
मेलिना यसअघि गिटारिस्ट सञ्जिव बराइलीसँग प्रेममा थिइन् । तर, उनीहरुको ब्रेकअप कसरी भयो भन्नेबारे पनि दुबैले खुलाएका छैनन् ।
३१ बर्षीया मेलिना ‘कुटुमा कुटु सुपारी दाना’ बोलको गीतबाट चर्चामा आएकी थिइन् ।
टिप्पणीहरू