रवि बाहिर, छवि हिरासतभित्र

रवि बाहिर, छवि हिरासतभित्र

गोर्खा मिडियाका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुछिएका जोशीलाई काठमाडौं जिल्ला अदालतले आज उक्त आदेश दिएको छ । 

उनी बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए । बयान नसकिएपछि जोशीलाई हिरासतमा राख्न न्यायाधीश ..को इजलासले आदेश दिएको हो ।

उनी रवि लामिछानेसँगै गत पुस २५ गते कास्की जिल्ला अदालतको आदेशबाट पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका हुन् । रास्वपा सभापति रवि पुस २८ गते काठमाडौं जिल्ला अदालतमा उपस्थित भएर पाँच दिनको प्रहरी हिरासतपछि ६० लाख धरौटीमा छुटेका थिए ।

टिप्पणीहरू