बिनोद चौधरीजस्ता कपटी हैनन् उत्तरका अर्बपति

बिनोद चौधरीजस्ता कपटी हैनन् उत्तरका अर्बपति

चीनमा एक जना धनाढ्यले आफ्नो गाउँका ६० वर्षभन्दा बढी उमेरका वरिष्ठ नागरिकलाई प्रतिव्यक्ति एक हजार ४०० अमेरिकी डलर प्रदान गरेका छन् ।चीनका डलर अर्बपतिहरुमध्येमा गनिने रिचार्ड लियुले साढे तीन दशकअघि आफ्नो करियर थालनीमा ती प्रौढहरुले गच्छेअनुसारको सहयोग गरेको गुन तिर्न अहिले धन्यवादसहित उक्त रकम प्रदान गरेका हुन् । ५० वर्षे रिचार्ड लु चीनको प्रख्यात इ कमर्स जेडी डट कमका संस्थापक हुन् । उनले प्रत्येक वर्ष चिनियाँ नयाँ वर्ष बसन्त चाडको पूर्व सन्ध्यामा जन्मथलो पूर्वी चीनस्थित चियाङ्सु प्रान्तको क्वाङमिङ गाउँका बूढापाकालाई विभिन्न खालका सहयोग गर्दै आएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

६० करोड ६६ लाख अमेरिकी डलर बराबरको सम्पत्तिका मालिक उनले गत वर्ष स्थानीयलाई डाउन ज्याकेट र महँगो खाना वितरण गरेका थिए । ती गाउँलेले सन् १९९० को प्रारम्भताका उनलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउन पाँच सय चिनियाँ युआन र ७६ वटा कुखुराको फुल सहयोग गरेका थिए । निकै गरिब गाउँका गरिब रिचार्डलाई गाउँलेले आफूसँग भएको एक दुई युआन र नहुनेले कुखुराको फुल सहयोग गरेका थिए ।

रिचर्डले आफ्नो सफलताको पहिलो खुड्किलोको रुपमा ग्रहण गरेको उक्त सहयोगलाई मूलमन्त्र मान्दै जन्मस्थान र त्यहाँका स्थानीयको प्रगतिमा सहयोग गर्दै आएका छन् । उनी सोही रकम र कुखुराको फुलको आडमा सन् १९९२ मा बेइजिङको जन विश्वविद्यालयमा अध्ययनार्थ गएका थिए ।

केही समय रेष्टुरेन्ट खोलेका उनले विभिन्न क्षेत्रमा हात हाले । सन् २०१४ मा खोलेको जेडी डट कमले डलर अर्बपतिमा पुर्यायो । यो कम्पनी न्युयोर्क स्टक एक्सचेञ्जमा समेत सूचीकृत छ ।

सहयोग प्राप्त गर्ने गाउँका ७१ वर्षे एक जना वृद्ध भन्छन् ‘अथक मेहनतका कारण उनी धनी भएका हुन् । गाउँको विकासमा उनले ठूलो योगदान पुर्याएका छन् । गाउँलेले आगामी कैयौँ दशकसम्म उनलाई बिर्सने छैनन् ।"

टिप्पणीहरू