आज दलबलसहित अदालतमा हाजिर हुँदै रवि

आज दलबलसहित अदालतमा हाजिर हुँदै रवि
सुन्नुहोस्

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना प्रकरणका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने आज बुधवार रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

कानुन व्यवसायीसहित हिजो रुपन्देही आएका लामिछाने देवकोटा चोकको ग्यालेक्सी होटलमा बसेर पार्टी कार्यकर्ता र कानुन व्यवसायीसँग छलफल गरिरहेका छन् ।

पत्नी निकिता,चार जना वकिल र पार्टीका केही केन्द्रीय नेतासहित आएका लामिछानेको मुद्धाको आज पेशी रहेको छ । आजै थुनछेक बहस शुरु हुनेछ । उनीबिरुद्ध आइतवार रुपन्देही जिल्ला अदालतमा मुद्धा दायर भएको थियो । गोर्खा मिडिया नेटवर्क प्रा.लि.का तत्कालिन प्रबन्ध निर्देशक लामिछाने, अध्यक्ष जिबी राई,उपाध्यक्ष छविलाल जोशीसहित २२ जनामाथि संगठित अपराध गरी सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरण कसुरमा मुद्धा दायर भएको छ । 

पुरक अभियोगको रुपमा १७ जना अभियुक्त थपिएका छन् । प्रकृया पुरा नगरी दुई करोड रुपैयाँ कर्जा लिएका लामिछानेबिरुद्ध चार करोड बढी बिगो माग भएको छ । १८३१ जना बचतकर्ताले आफूहरुको बचत रकम हिनामिना भएको जाहेरी दिएपछि सुप्रिम सहकारीको ठगी प्रकरण बाहिर आएको हो ।

यसअघि गत बैशाख ३ मा जिबी राईसहित २८ जनामाथि १ अर्ब २ करोड बिगो राखी सहकारी ठगी मुद्धा दायर भएको थियो । सोही मुद्धाको पुरक अभियोगको रुपमा १७ जना अभियुक्त थपिएका छन् ।

प्रकृया पुरा नगरी दुई करोड रुपैयाँ कर्जा लिएका लामिछानेबिरुद्ध चार करोड बढी बिगो माग भएको छ । १८३१ जना बचतकर्ताले आफूहरुको बचत रकम हिनामिना भएको जाहेरी दिएपछि सुप्रिम सहकारीको ठगी प्रकरण बाहिर आएको हो ।गोर्खा मिडियामा सहकारीबाट १४ करोड रुपैयाँ अवैध रुपमा पठाइएको छ । 

होटल परिसरमा जमघट भएका समर्थकलाई लामिछानेले सत्ताको दम्भ देखाएर दुःख दिइरहेको तर आफू निर्दोष रहेको बताएका छन् ।

काठमाण्डौंमा भएको नाराबाजी र कानुन व्यवसायीमाथिको आक्रमणले पार्टीलाई बदनाम गराएको तर कानुन व्यवसायीमाथि आक्रमण गर्नेहरु सत्तारुढ काँग्रेसकै कार्यकर्ता भएको भन्दै लामिछानेले त्यस्ता क्रियाकलाप नहोस् भनेर सतर्क रहन,नाराबाजी नगर्न कार्यकर्तालाई सम्झाएको बताइएको छ ।

टिप्पणीहरू