भैरहवामा किन आउँछ पैसा भारतबाट ?

भैरहवामा किन आउँछ पैसा भारतबाट ?
सुन्नुहोस्

धेरै समयपछि रुपन्देहीमा हुन्डीको रकम  जफत गरिएको छ । सशस्त्र प्रहरीले भारतबाट अबैध रुपमा नेपाल ल्याइँदै गरेको २४ लाख बढीको नेपाली रुपैयाँ बरामद गरेको हो । उक्त रकम भारतबाट लुकाईछिपाई ल्याउँदै गर्दा नियमित चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल डन्डाको टिमले बरामद गरेको हो । 

नेपाली नम्बर प्लेटको लु ९२ प ३५४६ नम्बरको स्कुटीमा अभिषेक अग्रवालले २४ लाख १३ हजार १ सय ३० रुपैयाँ नेपाली र १ हजार ५ सय ४० रुपैया भारुसहित ल्याउँदै थिए । उक्त रकम हुन्डीको रकम भएको बुझिएको छ । बेलहिया नाकाबाट अबैध ढंगले दैनिक लाखौ रकम नेपाल आउने गरको विगतको तथ्यांकले पनि देखाएको छ । तर पछिल्लो ६ महिना यता प्रहरी प्रशासनले चेकजाँचमा ढिलाई गर्दा बेलहिया नाकाबाट जे ल्याए पनि छुट हुने देखिएको थियो । बिहीबार साँझ पनि मुख्य भन्सार नाका भैरहवा भन्सार नाकाको कडा चेकजाँच अनि तीनकुने प्रहरीले चेकजाँच क्रस गर्दासम्म नभेटिएको रकम डन्डामा आएपछि बरामद भएको हो । उक्त रकम  पक्राउ पछि थप अनुसन्धानकोलागि राजस्व अनुसन्धान बुटवल पठाइने भएको छ । 

भारतीय नागरिकले नेपाली नम्बर प्लेटको गाडीमा नेपाली रकम भन्सारको कडा सुरक्षा चेकजाँच क्रस गरी कसरी नेपाल प्रवेश गराए भन्ने विषय गम्भिर रहेको छ । पछिल्लो समय बेलहियामा भारतीय ग्राहक कुरेर बस्ने क्यासिनोको गाडीहरुले पनि हुन्डीको कारोबारमा सघाउने गरेको आशंका छ ।

क्यासिनोका भ्यानहरुलाई प्रहरीले चेकजाँच गर्दैन जसको फाइदा अपराधिक कर्म गर्नेहरुले उठाउने गरेका छन् । केही बर्ष पहिले भैरहवाको बैंकरोडमा हुन्डी कारोबारीको विवाद हुँदा गोलीसमेत चलेको थियो । पछि उक्त घटनामा गोरखपुरमा एकजना बैंकरोडका व्यापारीको रकम लुटियो । रुपन्देहीमा हुन्डीको कारोबार मौलाएको बिहिबार साँझको घटनाले पनि पुष्टि गरेको छ ।
 

टिप्पणीहरू