महाभारतको आगो निभाउन हेलिकप्टर प्रयोग
काभ्रेपलाञ्चोकको महाभारत क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा लिन हेलिकप्टर प्रयोग गरिएको छ । डढेलो सुरु भएको तीन दिनपछि आज हेलिकप्टमार्फत् आगो नियन्त्रणमा लिने प्रयास थालिएको हो ।
खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानमा पर्ने उक्त जंगलमा मंगलबार दिउँसो २ बजेबाट आगो लागेको थियो । तर, जंगल ठाडै भिरालो र अत्याधिक हावाहुरीकाे कारण आगो नियन्त्रणमा लिन कठिन भएको काभ्रेका सिडिओ उमेश कुमार ढकाल बताउँछन् ।
आगो नियन्त्रणमा लिन उल्लेख्य संख्यामा स्थानीय, प्रहरी र सेना परिचालन गरिए पनि नियन्त्रणबाहिर गएपछि हिजो जिल्ला वन कार्यालयमा सम्बन्धित निकाय प्रमुखहरुको आकस्मिक बैठक बसेको थियो । बैठकले लागो नियन्त्रणमा लिन प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर प्रयोग गर्ने निर्णय गरेको हो ।
आज बिहान साढे ११ बजेदेखि हेलिकप्टरले बेथानचोककै वडा नम्बर-२ मा पर्ने एक पोखरी तथा नजिकै रहेको खोलाबाट पानी लगेर आगो फैलिरहेको क्षेत्रमा खन्याइरहेको छ ।
टिप्पणीहरू