मीनबहादुर गुरुङलाई चुना लगाउन खोज्दा च्याप्पै

मीनबहादुर गुरुङलाई चुना लगाउन खोज्दा च्याप्पै
सुन्नुहोस्

आन्तरिक राजस्व विभागको सफ्टवेयर ‘एकीकृत कर प्रणाली’ ह्याक गरेर करको दर हेरफेर गरेको आरोपमा दुई जना समातिएका छन् । 

पर्वतको बिहादी गाउँपलिका-३ का २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका-४ का २२ वर्षीया परिन पाण्डेलाई प्रहरीले उक्त आरोपमा आज पक्राउ गरेको छ । हाल चितवनको भरतपुर महानगरपालिका-११ मा बस्दै आएका उनीहरुलाई ३ नम्बर वडाबाट नियन्त्रण लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ । 

सिआइबी प्रवक्ता सुथिर राज शाहीका अनुसार उनीहरुले राजस्व विभागको सफ्टवेयर ह्याक गरी भाटभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्ड दुरुपयोग गरेर करको दर बढाएका थिए । मीनबहादुर गुरुङ मालिक रहेकाे भाटभटेनीले राजस्वको दायराभित्र रहेर गरेको दुई अर्ब ३४ करोड १६ लाख कारोबारको कर दायित्व ६ करोड २६ लाख ९४ हजार रहेकोमा उनीहरूले १३ करोड नौ लाख ५९ हजार बढी कर दायित्व देखाएको शाहीले बताए । 

सिष्टम ह्याक गर्न प्रयोग गरिएका ल्यापटप,सिपियु,वाइफाइ राउटर, डीभीआर र मोबाइल पनि प्रहरीले बरामद गरेको छ । दुवै जनालाई सात दिनको म्याद थप गरेर विद्युतीय कारोबार ऐन, ०६९ को परिच्छेद ९ को कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

 

Loading WEBGL 3D ...
Loading PDF Worker CORS ...

टिप्पणीहरू