आफैंलाई गोली हानेका प्रहरी जवानको निधन
कञ्चनपुरमा आफैँलाई गोली प्रहार गरेका एक जना प्रहरी जवानको निधन भएको छ । महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत प्रहरी जवान वकिल विष्टको उपचारको क्रममा मृत्यु भएको छ ।
कैलालीको निःशर्ग अस्पतालमा उपचारका क्रममा उनको हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बुधबार राति ड्युटीमा रहेका बेला विष्टले आफैँलाई टाउकोमा गोली प्रहार गरेका थिए । उनी हतियार स्टोर गर्ने कोत घरमा ड्युटीमा रहँदा आफैँलाई गोली हानेका हुन् ।
टिप्पणीहरू