बाबु देश दौहाडामा,छोरी अमेरिकामा

बाबु देश दौहाडामा,छोरी अमेरिकामा

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल अमेरिका यात्रामा निस्किएकी छन् । उनी अस्ति राति कतार एअरवेजको उडानबाट दुबई हुँदै सुटुक्क अमेरिकातर्फ प्रस्थान गरेकी हुन् । 

चितवनको भरतपुर महानगरपालिकामा मेयर रहेकी दिदी रेणु दाहालले उनलाई  त्यही दिन दिउँसो आएर बिदाई गरेकी थिइन् । गंगाको आकस्मिक अमेरिका भ्रमणको प्रयोजन भने खुलेको छैन । यता,सत्ताबाट बाहिरिएलगत्तै प्रचण्ड भने देश दौहाडामा व्यस्त देखिन्छन् । उनी पछिल्लो समय ४४ जिल्लामा पुगिसकेका छन् । 

गत असारमा नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार गठबन्धनको समझदारीसँगै प्रतिपक्षमा पुगेको झण्डै दुई महिनासम्म खुलमटारमै नेता–कार्यकर्तासँग पीडा पोखेका प्रचण्ड दशैंयता ४४ जिल्ला पुगिसकेका छन् । मंसिर महिनामा मात्रै १७ जिल्ला पुगेका उनले पुसमा १९ जिल्लाको यात्रा गरेका छन् ।

टिप्पणीहरू