अफगानिस्तानमा दिनहुँ करोडौं डलर लिलाम

अफगानिस्तानमा दिनहुँ करोडौं डलर लिलाम

अफगानिस्तानको केन्द्रीय बैंकले आफ्नो मुद्रालाई थप बलियो बनाउन सञ्चितिमा रहेको अमेरिकी डलर लिलाम गर्न थालेको छ । विदेशी मुद्राको तुलनामा राष्ट्रिय मुद्रा अफगान अफगानीलाई बलियो बनाउन आज दुई करोड ७० लाख अमेरिकी डलर लिलाम बढाबढको घोषणा गरेको छ ।

मनी चेञ्जर कम्पनी र निजी बैंकहरूलगायतले बोलपत्र मार्फत् त्यहाँको केन्द्रीय बैंक द अफगानिस्तान बैंकमा नगदै जम्मा गर्नुपर्ने छ । केन्द्रीय बैंकले सामाजिक सञ्जालमा जारी गरेको सूचनामा उक्त व्यहोरा उल्लेख छ ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार गत महिना पनि बैंकले अफगानीको भाउलाई स्थीर बनाउन बजारमा लाखौं अमेरिकी डलर पठाएको थियो । अस्ति दुई करोड ५० लाख डलर लिलामी गरेको हो ।

हिजो त्यहाँको विनिमय दर १ अमेरिकी डलर बराबर ७८.५० अफगानी थियो ।  एक महिनाअघि उक्त दर ६९.३० रहेको बताइन्छ ।

टिप्पणीहरू