समाजवादी मोर्चाले काठमाडौँमा आमसभा गर्ने

समाजवादी मोर्चाले काठमाडौँमा आमसभा गर्ने

संसदभित्र र बाहिर रहेका चार राजनीतिक पार्टी सम्मिलित समाजवादी मोर्चाले आगामी माघ २४ गते काठमाडौँमा विशाल आमसभा गर्ने भएको छ । 

आलोकनगरस्थित एकीकृत समाजवादीको मुख्यालयमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । सातै प्रदेशमा अन्तक्रिया गर्ने र चैत पहिलो साता मधेशमा पनि आमसभा गर्ने बैठकको निर्णय छ । 

मोर्चाले हिजो प्रज्ञा प्रतिष्ठानमा अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । 

नेपाली मौलिकतासहितको समाजवाद स्थापनाको दीर्घकालीन लक्ष्यसहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहित विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरेका थिए । तर, पछिल्लो समय जसपा मोर्चाबाट बाहिरिएको छ भने महेन्द्रराय यादवको नेपाल समाजवादी पार्टी सामेल भएको छ ।

टिप्पणीहरू