भारतीयहरु नदीमा डुब्दा अर्थतन्त्रमा उत्पात

भारतीयहरु नदीमा डुब्दा अर्थतन्त्रमा उत्पात
सुन्नुहोस्

भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा १५ लाख विदेशी पर्यटकसहित ४५ करोडभन्दा बढी भक्तजन उपस्थित हुने अनुमान गरिएको छ । ४५ दिन लामो महाकुम्भबाट भारतीय अर्थतन्त्रमा दुई लाख करोड भारुको  योगदानसहित महत्वपूर्ण आर्थिक वृद्धि हुने अपेक्षा छ ।

महाकुम्भपछि उत्तर प्रदेशको कूल गार्हस्थ उत्पादन १ प्रतिशतभन्दा बढीले बढ्ने बताइन्छ । यसबीच दैनिक आवश्यकीय वस्तुहरूको व्यापार १७ हजार ३१० करोड रुपैयाँ हुने छ । होटल र यात्राको क्षेत्रमा २ हजार ८०० करोड, धार्मिक सामग्री र फूलहरूको व्यापार क्रमशः २ हजार करोड र ८०० करोड रुपैयाँ पुग्ने अनुमान छ ।

उक्त कारोबारबाट भारतको आन्तरिक राजश्वमा दुई ट्रिलियन भारुको योगदान हुने विश्लेषण छ । इण्डिया न्युज नेटवर्कका अनुसार होटलगायत सेवा क्षेत्रले ४० हजार करोड रुपैयाँ र खाद्य तथा पेय पदार्थहरूको व्यापार २० हजार करोड हुने छ । 

भारतीय पक्षको दाबी छ ः विश्वका यस्ता मेलामध्ये रियो कार्निभलमा ७० लाख, साउदी अरेबियाको मक्कास्थित हजमा २५ लाख र अक्टोबरफेस्टमा ७२ लाखको उपस्थिति हुने गरेको छ । तर भारतको महाकुम्भ २०२५ मा ४५ करोडको सहभागिता हुने छ ।
 

टिप्पणीहरू