चन्द्र ढकालको तारे होटल छोरोले सम्हाल्ने

आइएमई ग्रुपले बाग्लुङमा इला कम्फर्ट होटल सञ्चालनमा ल्याएको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा आज बागलुङमा उक्त होटलको उद्घाटन गरियो ।
कार्यक्रममा दिइएको जानकारीअनुसार होटल ३० करोड रुपैयाँ लगानीमा खुलेको हो । ३० वटा कोठा रहेको होटललाई थ्री स्टारको मान्यता दिइएको छ । गाउँबाट सदरमुकाम आउँदा बस्ने ठाउँ नभएको आमाको गुनासोका कारण चन्द्र ढकाललाई सो होटल खोल्न उर्जा मिलेको बताइन्छ ।
आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उक्त होटललाई आमाको घरको उपमा दिए । आमाले केही वर्षअघि सन्दर्भवस भनेको विषयलाई मध्यनजर गर्दै गृहजिल्लामा सुविधा सम्पन्न होटल स्थापना गरिएको उनले बताए ।
चन्द्रले इला कम्फर्ट अध्यक्षको जिम्मेवारी छोर सचिनलाई दिएका छन् । होटलले तीन रोपनी क्षेत्रफल ओगटेको छ ।
टिप्पणीहरू