विद्यार्थी नेताहरुको बिहेभोजमा अनेक चर्चा

एमालेनिकट विद्यार्थी संगठनमा पछिल्लो समय दुई महिनाको अन्तरमा उपाध्यक्षहरु गोविन्द गिरी र धर्म गिरी वैवाहिक सम्बन्धमा गाँसिएका छन् ।
प्युठान घर भएका अखिल उपाध्यक्ष धर्म गिरी र केन्द्रीय सदस्य ई. रचना सापकोटाले फागुन ८ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष तथा प्रम केपी ओलीलाई साक्षी राख्दै प्रगतिशील बिहे गरका छन् । उता, बैतडी घर भएका उपाध्यक्ष गोविन्द गिरीले गत मंसिर ८ गते कञ्चनपुरमा बिहे गरेका हुन् । गोविन्दले उता घर गाउँलेलाई समेत भोज दिपछि मंसिर १५ गते साँझ काठमाण्डौंको बौद्धस्थित बौद्ध हेरिटेजमा नेतासहितलाई भोज आयोजना गरेका थिए । उक्त पार्टी प्यालेसमा युवा संघ उपाध्यक्ष अमित लामाको समेत लगानी रहेको बताइन्छ ।
धर्मको बिहेमा सामान्य खाजा र चिया रहेको गोविन्दको बिहेमा दुई ठाउँमा भोज आयोजना गरियो । विद्यार्थी आन्दोलनमा लागेको तर देखिने पेशा–व्यवसाय केही नभएकाको बिहेमा गरिएको खर्चबारे एमालेका एक स्थायी कमिटीका एक जना सदस्यले अचम्म मानेका छन् । तर, गोविन्दले आफ्ना पिता पूर्व कर्मचारी रहेको र मध्यस्तरको परिवार भएकाले विवाहमा सामान्य खर्च गरिएको बताए ।
धर्म अलिअलि व्यवसाय गर्दै अखिलको राजनीति गर्ने कमर्स क्याम्पस मीनभवनका उत्पादन हुन् भने गोविन्द सुदूरपश्चिमका । उनी सिटिईभिटीका उत्पादन हुन । केपी ओली गत असारको अन्तिममा प्रधानमन्त्री भएपछि, अखिलले सामूहिक भेट्ने भन्दै बधाईसहितको सम्मान पत्र तयार गरेको थियो । तर केपीले अखिल आफ्नो पक्षमा अरिङ्गाल नबनेको भन्दै सामूहिक भेट नदिएको चर्चा पनि ती भोजमा सहभागीहरुले गरेका थिए । उक्त पत्र अहिले कता छ कसैलाई थाहा छैन ।
समिक बडाल अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएदेखि नै शैक्षिक सुधारको लागि भन्दै बोर्ड अफ ट्रस्ट्रीको कुरा उठाउँदै आएका थिए । ५÷६ महिना सो विषयवस्तु उठ्न छाडेको छ । केही समयअघि अखिलका पदाधिकारीको जम्बो टोली बालकोट पुगेको थियो । विषय थियो– विद्यार्थी महोत्सवको उदटन । त्यहीबेला नै हो केपीले सात्तो लिएको । त्यसपछि बोर्ड अफ ट्रस्ट्रीको कुरा बीचैमा हरायो । विद्यार्थी महोत्सवमा ओली गएनन् । अन्तिम दिन गएर १÷२ घण्टा फर्किए । ओलीले उक्त कार्यक्रममा शंकर पोखरेललाई पठाएर उद्घाटन गर्न लगाएका थिए ।
यसैबीच गिरीले प्युठान नारिकोटस्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँका अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने योजना छ ।
टिप्पणीहरू