प्रचण्ड चितवनमा व्यस्त हुँदा माओवादी पदाधिकारीहरु फुर्सदिला

प्रचण्ड चितवनमा व्यस्त हुँदा माओवादी पदाधिकारीहरु फुर्सदिला

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गृहजिल्ला चितवनमा व्यस्त रहेकाले आज डाकिएको बैठक सारिएको बताइएको छ ।

आज बिहान ११ बजे डाकिएको बैठक दिउँसो २ बजेलाई सारिएको थियो । दिउँसो २ बजेको बैठक भोलि बिहान ११ बजे अध्यक्ष प्रचण्डको निवास खुमलटारमा बस्नेगरी सारिएको छ । 

बैठकले मुख्यतः केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गर्ने सम्भावना छ । आजको बैठकका लागि तयार भएका नेताहरु भोलि बिहानसम्मको लागि फुर्सदिला भएका छन् ।

टिप्पणीहरू