बेलायती राजकुमारी आइपुगिन्, राजकुमार आउँदै

बेलायती राजकुमारी आइपुगिन्, राजकुमार आउँदै

बेलायतकी राजकुमारी सोफिया नेपाल आइपुगेकी छन् । बिहान ११ बजे काठमाडौँ ओर्लिएकी उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र बेलायती दूतावासका कर्मचारीले स्वागत गरे । 

सोफिया एयरपोर्टबाट सिधै लैनचौरस्थित दूतावास पुगेकी छन् । बेलायती राजकुमार तथा उनका श्रीमान एडवार्ड दिउँसो आइपुग्ने र त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाने कार्यक्रम छ । 

सोफिया लण्डनबाट सिधै काठमाडौँ आएको तर राजकुमार एडर्वाड भने भारत हुँदै आउने कार्यक्रम तय भएकोले फरक-फरक जहाज प्रयोग गरिएको दूतावासले जनाएको छ । 

बेलायतकी पूर्व महारानी एलिजावेथ दृतीयाका कान्छा छोरा तथा वर्तमान राजा चाल्र्स तृतीयाका भाइसमेत रहेका एडर्वाडको दम्पतीले नेपालमा ६ दिन बिताएर माघ २७ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । नीजि भ्रमणको लागि नेपाल आएका उनीहरुले पोखरा, अन्नपूर्ण बेसक्याम्प लगायत विभिन्न पर्यटकीय स्थलको अवलोकन गर्ने बताइएको छ ।
 

टिप्पणीहरू