सरकार, गरिबको रकम फर्काइपाऊँ !

नेपाल प्रहरीको मानव बेचविखन ब्युरो बबरमहलले मस्ट वान्टेड मानव तस्करहरूको नाम लिस्ट गृ्ह मन्त्रालयमा बुझाइ बसेको छ । दलालहरूले अमेरिकामा रोजगारीको प्रलोभन देखाई दुबई, थाइल्याण्ड, सिंगापुर, अफ्रिका, दिल्ली, मुम्बई हुँदै अमेरिका पठाउन एक जना बराबर ७० देखि १ करोड रुपैयाँ लिएर १ देखि २ वर्षसम्म अलपत्र पारेका छन् ।
रुकुमपूर्वको मानव केसी कान्छी श्रीमती मीनासहित १० वर्षदेखि दुबईमा अड्डा जमाएर बसेको छ । मानवले युवालाई दुबईमा एकत्रित गरेपछि त्यहाँबाट मेक्सिकोसम्म प्लेन चार्टर गरेर पठाउने गरेकामा साउनमा दुबई पेरिस हुँदै मेक्सिको उड्न लागेको चार्टर प्लेन होल्ड गरेर दिल्ली फिर्ता गरिएको थियो ।
त्यसपछि राजु केसीहरूले युवालाई जमिन र जलमार्गबाट अमेरिका पठाउन थालेका थिए । तर, अहिले राष्ट्रपति ट्रम्पले अवैध अमेरिका प्रवेशमा रोक लगाएपछि अधिकांश युवा बीचबाटोमै अलपत्र परेका छन् भने करिब ३०० युवा साँवा न ब्याज गरी नेपालमै रोकिएका छन् । राजु केसीले उमेर नपुगेका बालबालिकाको अमेरिकामा छिटो पिआर आउँछ भनेर आफ्नो १५ वर्षको छोरोसहितलाई दुबई पठाएकोमा ट्रम्प निर्वाचित भएपछि फिर्ता गरेका छन् ।
– पीडित लाल्बिर बोहरा, पश्चिम रुकुम बाँफीकोट
टिप्पणीहरू