एमालेका परिवार दलवाला सांसद र महासचिव फिर्ता
नेपाल परिवार दलका अध्यक्ष तथा नेकपा एमालेका सांसद एकनाथ ढकाल दक्षिण कोरियाबाट फर्केका छन् ।
उनी कोरियन एयरलाइन्सको उडान नम्बर केइ६९५ मा साँझ पौने ६ बजे काठमाडौँ आइपुगेका हुन् । नेपाल भन्दा बढी विदेशमा रहने ढकाल नियमित रुपमा फिलिपिन्स,थाइल्याण्ड,कोरिया, सिंगापुर, भारत जाउआउ गरिरहन्छन् । होलिवाइन उपनामले प्रख्यात उनको ससुराली फिलिपिन्स हो ।
यता, पार्टीको कार्यक्रममा भाग लिन जापान पुगेका एमाले महासचिव शंकर पोखरेल पनि साताव्यापी घुमफिर सकेर फर्किएका छन् । उनी नेपाली एयरलाइन्सको उडान नम्बर आरए ४३४ मा पौने ६ बजे काठमाडौँ आइपुगेका हुन् ।
एमालेको भातृ संस्था नेपाली प्रवासी मञ्च जापानले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पोखरेल माघ १५ गते जापान गएका थिए ।
टिप्पणीहरू