नयाँ दिल्लीमा केजरीवाल पराजित, भारतीय जनता पार्टी बहुमततर्फ

भारतको राजधानी नयाँ दिल्ली विधानसभा निर्वाचनमा पूर्वमुख्यमन्त्री तथा आम आदमी पार्टी (आप) का नेता अरविन्द केजरीवाल पराजित भएका छन् । उनलाई भारतीय जनता पार्टीका परवेश वर्माले पराजित गरेका हुन् ।
पूर्वउपमुख्यमन्त्री तथा आपका नेता मनिष सिसोदिया पनि पराजित भएका छन् । वर्तमान मुख्यमन्त्री आतिशी मार्लेना भने विजयी भएकी छन् ।
७० सिटको विधानसभा निर्वाचनमा बहुमतका लागि ३६ सिट आवश्यक पर्छ । भाजपाले ४८ सिटमा र आपले २२ स्थानमा अग्रता लिएको छ । यसअघिका दुई निर्वाचनमा आपले बहुमत ल्याएको थियो ।
यसअघि २०२० को निर्वाचनमा आठ सिटमा खुम्चिएको भाजपा बहुमततर्फ अगाडि बढेको छ । भारतीय काँग्रेसले अघिल्लो चुनावमा झैँ यस पटक पनि एक सिटसमेत जित्ने अवस्था देखिँदैन ।
टिप्पणीहरू