प्रहरीसँग चरेशको डिल,समातिए चार युवक

भारतमा बेचबिखन गर्न धादिङ हुँदै रुपन्देही पुर्याइएको चरेश प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो र वडा प्रहरी कार्यालय भैरहवाबाट संयुक्त रुपमा खटिएको टोलीले २० केजी चरेशसहित चार जनालाई समातेको हो ।
पक्राउ पर्नेहरुमा धादिङ गजुरीका चार युवक रहेको जनाइएको छ । भैरहवा बुद्धचौकस्थित होटल चन्द्र सूर्यबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनीहरु तीन दिनदेखि उक्त होटलमा बसिरहेका थिए ।
प्रहरीले व्यापारीको रुपमा डिल गरेर उनीहरुलाई चरेशसहित समातेको हो । बरामद चरेशको मूल्य झण्डै नौ लाख रुपैयाँ रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू