आईएमई पेमा खल्ती गाभिँदै

आईएमई पेमा खल्ती गाभिँदै

केही वर्षअघि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउने नीति लिएपछि वाणिज्य बैंकहरु धमाधम मर्जरमा गए । केन्द्रीय बैंकको नीतिका कारण झण्डै एक दर्जन बैंकको संख्यामा कमी आएकोमा अब भुक्तानी सेवा प्रदायक कम्पनीहरुको संख्या पनि घट्ने देखिएको छ । 

नेपालमा पहिलो पटक भुक्तानी सेवा प्रदायकहरुबीच मर्जर हुन लागेको छ । बैंकपछि भुक्तानी सेवा प्रदायक कम्पनीहरु गाभिन लागेका हुन् । पहिलो चरणमा  भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती र आईएमई पे गाभिँदै छन् । 

दुई कम्पनीबीच आज मर्जर सम्झौता भएसँगै स्वीकृतिको लागि राष्ट्र बैंकमा पत्र पठाइएको छ । आइएमई ग्रुपको लगानी रहेको आईएमई पे राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको इजाजत पाउने पहिलो कम्पनीसमेत हो । 

यस्तै, खल्तीमा इन्टरनेट सेवा प्रदायक वर्डलिंकसहित ‘स्पारो’ एसएमएस सञ्चालनमा ल्याउने अमित अग्रवाल र उनका अन्य तीन जनाको लगानी रहेको छ । खल्तीको चुक्ता पूँजी पाँच करोड र आईएमई पेको चुक्ता पूँजी ३० करोड रुपैयाँ छ ।

टिप्पणीहरू