धनगढीमा सेनाको दौड

सेना दिवसको अवसरमा धनगढीमा नेपाली सेनाले दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । महाशिवरात्रि तथा सेना दिवस विशेष कार्यक्रमको अवसरमा दौड प्रतियोगिता गर्न लागिएको जनाइएको छ ।
सुदूरपश्चिम पृतना हेडक्वार्टरको आयोजनामा धनगढीस्थित बोराडाडी व्यारेकमा फागुन १२ गते दौड प्रतियोगिता हुने छ । ‘युनिटी रन’ भनिएको प्रतियोगितामा निःशुल्क रुपमा फागुन ७ गतेदेखि १० गतेसम्म आवेदन गर्न सकिन्छ ।
प्रतियोगितामा महिला र पुरुषको १० किलोमिटर, खुल्ला पाँच किलोमिटर (विद्यार्थी) वाकाथन (आमन्त्रित पाहुनाहरु) हुने जनाइएको छ ।
टिप्पणीहरू