पत्नी आउनुभो,पति जान लाग्नुभो
पूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ जान लाग्नुभएको छ । उहाँ र निजी सचिव भानु देउवालाई लिएर जगदम्बा इन्टरप्राइजेजका अध्यक्ष अनिल रुंगटा एअर इण्डियाको उडानमा दिउँसो ३ बजे नयाँ दिल्लीतर्फ जान लागेका छन् ।
रुँगटा जगदम्बा मेटल क्राफ्ट्सका प्रोपाइटर हुन् । उनी फलामे तार उत्पादन तथा निर्यात गर्ने वायर नेटका पनि मालिक हुन् । विशाल हार्डवेयर,विशाल सप्लायर्स एण्ड वुड इन्टरप्राइजेज पनि उनैको हो ।
देउवा भारत जानुअघि पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजू राणा देउवा स्वदेश आइपुग्नुभएको छ । उहाँ ओमानमा आयोजित इण्डियन ओशन सम्मेलनमा भाग लिएर दोहा हुँदै कतार एअरवेजको उडानमा बिहान साढे १० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभएको हो ।
टिप्पणीहरू