पोथी गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको एउटा गैंडा मृत फेला परेको छ । नवलपुरको मध्यवर्ती क्षेत्रमा अन्दाजी सात वर्षको पोथी गैँडा मृत फेला परेको बताइएको छ ।
लामिचौर अमलटारी सेक्टरको मध्यवर्ती वनमा फेला परेको गैँडामा पुरानो घाउ देखिएको छ । सम्भवतः अर्को गैँडासँग जुधेर मरेको हुनसक्ने चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा बताउँछन् ।
टिप्पणीहरू