वृद्ध दम्पतीको हत्या पुष्टि, शंकास्पदहरुसँग सोधपुछ जारी

प्युठानमा हिजो दिउँसो मृत फेला परेका दम्पतीको हत्या पुष्टि भएको छ । माण्डवी गाउँपालिका–२, रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती ५६ वर्षीया हुकुमा परियारको हत्या भएको प्रहरीले जनाएको छ ।
उनीहरु दुबैको टाउको र शरीरमा हतियारको चोट पाइएको छ । शंकास्पद व्यक्तिहरुसँग सोधपुछसँगै प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार चार छोराहरु भारतमा र विवाहित दुई छोरी दाङमा रहेकाले दम्पती मात्रै गाउँको घरमा बस्दै आएका थिए ।
टिप्पणीहरू