उपेन्द्रकै छेउमा सरे अशोक
उपेन्द्र यादवबाट छुट्टिएर अशोक राईको नेतृत्वमा गठित जनता समाजवादी पार्टी (जसपा) ले ग्वार्कोमा केन्द्रीय कार्यालय खोलेको छ ।
सर्वोच्च अदालतले आदेशले दलीय मान्यता नपाइरहेको अवस्थामा आज विशेष कार्यक्रमका बीच अध्यक्ष राईले कार्यालय उद्धघाटन गरे । कार्यक्रममा जसपा संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ,उपाध्यक्ष तथा महिला बालबालिका मन्त्री नवलकिशोर साह सुडी,परशुराम बस्नेत, सुशीला श्रेष्ठ,खानेपानी मन्त्रीसमेत रहेका उपमहासचिव प्रदीप यादवलगायत करिब तीन दर्जन उपस्थित थिए ।
अध्यक्ष राईले रिबन काटी उद्धघाटन गरेको पार्टी कार्यालय रहेको घर स्थानीय तेजबहादुर महर्जनको हो । मासिक भाडा तिर्नेगरी उक्त घरमा कार्यालय खडा गरेको सो पार्टीले जनाएको छ ।
टिप्पणीहरू