महिला इन्सपेक्टरको आत्महत्यामा सशस्त्रकै पुरुष इन्सपेक्टर पक्राउ

सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणमा अर्का इन्सपेक्टर विवेक जोशी पक्राउ परेका छन् । आत्महत्या दुरुत्साहन जाहेरी दर्ता भएपछि जोशीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्रेको जानकारी दिएको छ ।
जोशीमाथि महतलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् । परिवारका अनुसार उनीहरुबीच प्रेम सम्बन्ध थियो । शनिबार राति पोखरास्थित सशस्त्रको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनको शौचालयमा महत झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
यता उक्त घटना अनुसन्धानको लागि सशस्त्र प्रहरी बल हेडक्वार्टरले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।
टिप्पणीहरू