प्रधानमन्त्री साँझको आरतीका लागि पशुपति जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिको विशेष आरतीमा सहभागी हुनुहुने भएको छ । उहाँ महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ आरतीमा सामेल हुन लाग्नुभएको हो ।
आरतीअघि प्रधानमन्त्रीले शिवरात्रिको तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ । त्यस्तै, उहाँले पशुपतिनाथको पनि दर्शन गर्नुहुनेछ ।
पार्टी कार्यक्रममा द्वन्द्वात्मक भौतिकवादलाई वैचारिक आदर्शको व्याख्या गर्नुहुने उहाँ मुलुककै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टीका अध्यक्षसमेत हुनुहुन्छ । प्रधानमन्त्री ओली यसअघि पनि साँझको आरती र बिहानको पूजामा सहभागी हुनुभएको थियो ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा उहाँले सरकारी कोषबाट पशुपतिनाथ मन्दिरभित्रको शिवलिंगमा सुनको जलहरी चढाउनुभएको थियो ।
टिप्पणीहरू