पवनको पेडा पसलमा छापा, ढुसी लागेको खुवा बरामद

पेडालगायत मिठाईका लागि लोकप्रिय मानिएको भैरहवास्थित पवन मिष्ठान्न भण्डारले ढुसी लागेको अखाद्य खुवाबाट मिठाई बनाउने गरेको पाइएको छ । सिद्धार्थनगर नगरपालिका वार्ड नं. ५ मा रहेको पवन मिष्ठान्नमा जिल्ला बजार अनुगमन समिति रुपन्देहीले हिजो अनुगमन गर्दा पेडा बनाउन प्रयोग गर्ने ढुसी लागेर खान अयोग्य ८० किलोग्राम खुवा भेटिएको हो । टोलीले अखाद्य खुवा नष्ट गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी अयोध्याप्रसाद भण्डारीको नेतृत्वमा खाद्य बजार निरीक्षण तथा अनुगमन समितिले पवनसँगै नन्दन मिष्ठान्न भण्डारमा पनि अनुगमन गरेको थियो । अखाद्य वस्तु प्रयोग गरी जनस्वास्थ्यमा खेलवाड गरिरहेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षण अधिकारी गौरी हमालसहितको अनुगमन टोलीले पवन मिष्ठान्न भण्डारले पेडा बनाउनका लागि प्रयोग गर्ने कच्चा पदार्थ खुवा खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ विपरित ढुवानी गर्ने गरेको पाएको थियो । पवन मिष्ठान्नका लागि ढुवानी गरेको पेडा बनाउने कच्चा पदार्थ खुवालाई प्लाष्टिकमा खाँदेर चिनीको बोरामा ल्याई राखेको अवस्थामा बरामद गरी नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिनुभयो ।
देश बिदेशबाट भैरहवा आउने मानिसले कोसेलीको रुपमा पवनको मिठाई लिएरै जाने गरेका थिए । तर पछिल्लो दिनमा यसको गुणस्तर भने खस्किदै गएको छ ।
देश बिदेशबाट भैरहवा आउने मानिसले कोसेलीको रुपमा पवनको मिठाई लिएरै जाने गरेका थिए । तर पछिल्लो दिनमा यसको गुणस्तर भने खस्किदै गएको छ । मिठाईंमा अत्याधिक पिठो,चिनी प्रयोग गर्ने गरिन्छ । पहुँचका कारण यसको अनुगमन भने कमै मात्र हुने गरेको थियो ।
खाद्य निरीक्षण अधिकारी गौरी हमालले पवन मिष्ठान्न भण्डारले खरिद गरेको खुवा ल्याउँदा लेभल नलगाई,सामान्य तापक्रमको ख्यालै नगरी प्लाष्टिकमा खाँदेर बोरामा ल्याएको फेला परेकाले खाद्य स्वच्छता तथा गुणस्तर ऐनअनुसार कारवाही गरिने बताउनुभयो ।
पवन मिष्ठान्न भण्डार भैरहवाको निकै पुरानो मिठाई पसल हो । यहाँको पेडा काठमाण्डौंलगायत विदेशमा समेत कोसेलीको रुपमा पुग्ने गरेको थियो । यसका सञ्चालक पवन हलुवाई हुन् । उनका बाबुले चिया पसलबाट ब्यवसाय शुरु गरेकोमा चार दशकदेखि मिठाई पसल चलाएको बूढापाकाहरु बताउँछन् ।
पवन मिष्ठान्न भण्डारका सन्चालक पवन हलुवाईले मर्चवार र त्रिवेणी क्षेत्रका किसानहरुबाट दूध संकलन गरी खुवा बनाएर ल्याउने गरिएको जानकारी दिनुभयो । उहाँले प्लाष्टिकमा प्याक गरी बोरामा खाँदेर ल्याउनु गलत भए पनि मिठाईको गुणस्तरमा कुनै कमी नभएको दावी गर्नुभयो ।
यही मिठाइको कमाइबाट यो परिवारले भैरहवामा पाँच तारे सरहको होटल खोलेको छ ।
टिप्पणीहरू