एमालेका खेलकुद अध्यक्ष माओवादीमा मिसिए
नेकपा एमाले सम्वद्ध खेलकुद महासङ्घ सुनसरीका अध्यक्ष पुष्कर कार्की माओवादीमा मिसिएका छन् ।
'जनतासँग माओवादी, तराई-मधेस जागरण अभियान' अन्तर्गत आज गढी गाउँपालिकामा आयोजित कार्यक्रममा कार्कीसहित एमालेका थुप्रै स्थानीय नेता-कार्यकर्ता माओवादीमा प्रदेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी नेताले टीका र खादा लगाएर स्वागत गरे ।
कार्की रेडक्रस सुनसरीका सचिव तथा जेसिस, लायन्स क्लवलगायत सङ्घ संस्थाको नेतृत्व तहमा रहेका व्यक्ति हुन् ।
पार्टी प्रवेश गर्ने अन्य नेता कार्यकर्तामा एमाले जिल्ला सदस्य सुकलाल उराव, एकीकृत समाजवादीका रोशन खड्का, तरुण दलका पूर्व जिल्ला उपाध्यक्ष राजीब चौधरी, एमाले गढी गाउँपालिका-६ का इञ्चार्ज चितनारायन खेरवारलगायत छन् ।
टिप्पणीहरू