पद छाड्न पर्दा उहाँलाई साह्रै पीडा
सत्ता हस्तान्तरण गर्ने समय नेटोकाटेको अनुमानका बीच सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मुख्यमन्त्रीका दावेदार प्रकाशबहादुर देउवाबीच विवाद चर्किएको अनुमान लगाउन थालिएको छ ।
गत साता कञ्चनपुरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाहले आफूसंग असहमत मन्त्री, राज्यमन्त्रीले राजीनामा गरे हुन्छ मात्र भनेनन् त्यस्ता कर्मचारीले पनि सरुवा लिएर जाँदा हुन्छ भनेका थिए । यो कुराले काँग्रेस संसदीय दलका नेता मुख्यमन्त्री शाह र कांग्रेस संसदीय दलमा बहुमत रहेको भनिएका देउवाबीच चर्को विवाद भएको चर्चा चल्न थालेको छ ।
सरकारी कार्यक्रममा पत्रकार नबोलाएरै मुख्यमन्त्रीले बोलेको सो कुरा सरकारी मुखपत्र गोरखापत्र दैनिकमै छापिएपछि नेताबीच विवाद छ भन्ने चर्चा सर्वत्र चल्न थालेको हो । खासगरेर प्रकाश निकट सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का र आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमले सहयोग नगरेपछि मुख्यमन्त्रीले राजीनामा र सरुवाको कुरा कोट्याएका हुन ।
प्रकाश मुख्यमन्त्री शाहको पहिलो कार्यकालको १४ महिनासंगै सरकारमा थिए । सम्बन्ध निक्कै गहिरो थियो । जव वाम गठवन्धन भएर समाजवादीका दीर्घबहादुर सोडारी ४ महिना मुख्यमन्त्री भए । त्यसपछि कांग्रेसले मुख्यमन्त्री पाउने र शाहले नै प्रकाशलाई सहयोग गर्ने बचन दिएको चर्चा चल्यो । तर शाहले अन्तिम अवस्थामा दलको नेता छोड्न मानेनन् । यसो हुनुमा प्रकाशकी सहोदर काकी शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा आफै मन्त्री हुने अवस्था आउनु र एनपी साउदले समेत प्रकाशविरुद्ध खेल खेल्नु रहेको बताइन्छ ।
यति हुँदाहुँदै पनि दशैंपछि शाहले सत्ता हस्तान्तरण गर्ने सहमति भएको बताइन्छ तर सात महिना पुग्दा पनि छोड्न नमान्दा दरार आएको चर्चा छ । मन्त्रिमण्डल गठन गर्दा मुख्यमन्त्री शाह छलफल गर्न प्रकाश देउवाको निवासमै गएका थिए तर एक घण्टा कुराइयो ।
टिप्पणीहरू