संसद छाडी मान्यज्यू कुम्भमेलातिर सरासर

संसद छाडी मान्यज्यू कुम्भमेलातिर सरासर

संसद चलेको दुई दिनसम्म बैठकमा अनुपस्थित र कृषिसम्बन्धी संसदीय समितिमा पनि गैरहाजिर सांसद सरस्वती सुब्बा कुम्भ मेलामा देखिएकी छिन् । सामान्यतया माननीयहरुले देश छोड्दा कारणसहित संसदलाई जानकारी गराउने, आफ्नो दलका नेता तथा सचेतकलाई सूचना दिनुपर्ने व्यवस्था भएपनि नटेरेर बेखवर हुँदा सामाजिक सञ्जाल टिकटकमार्फत् वास्तविकता बुझ्नुपर्ने बाध्यता छ । स्रोतका अनुसारसँगै एमाले बागमती प्रदेशका पूर्व सदस्य जङ्गप्रसाद (जेपी) सिल्वाल पनि कुम्भ स्नानमा गएको बताइन्छ । ती दुईले पोष्ट गरेका तस्वीरहरु हेर्दा गाडी एउटै, होटल एउटै, बाटो एउटै, स्थान एउटै भए पनि फोटो भने फरक फरक शैलीमा खिचिएका छन् ।

यसबारे जनआस्थाको सवालमा सिल्वालले कुम्भ गएको कुरालाई ठाडै अस्वीकार गर्दै मान्यसँग भेटघाट नभएको बताएका छन् । दुवैसँग परिचित केही नेता तथा शुभचिन्तक भन्छन्, मायाप्रेम नै हो भने पनि कानुन र रीत पुर्‍याएर चरण गरे कसले रोक्न सक्छ र ? यस्तो कृयाकलापले पार्टीको पनि बदनाम हुने महेश बस्नेत र ऐन महरजस्तो व्यहोरा नदेखाउन सुझाव दिएका छन । 

फागुन ४ गते आइतबार संसद सचिवालयमा आयोजित लेखा र कृषि समितिको गोष्ठीमा समेत सांसद सुब्बा अनुपस्थित थिइन् । सो समितिको सदस्य हुन् । गोष्ठीमा विधेयकहरुलाई द्रुतगतिमा कसरी अगाडि बढाउन सकिन्छ भन्नेबारे छलफल भएको थियो । बैठकमा उनलाई नदेखेपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले खोजविन गर्दा कुम्भ गएको पत्ता लागेको थियो ।

सिल्वाल र सांसदका भिडियोहरु सामाजिक सञ्जालमा फरक फरक समय र दिनमा पोष्ट हुने गरेका छन् । त्यसो त सरकारले ल्याएको अध्यादेश पारित गर्न तम्तयार भई बस्नु पर्ने सांसद अनुपस्थित देखेपछि सचेतकको टाउको दुख्ने नै भयो । आइतबारको बैठकमा एमाले, काँग्रेस र रास्वपाका केही महिला सांसदले सुब्बा हराएकोमा चासो व्यक्त गरेका थिए ।

सांसदहरु सकभर अनुपस्थित हुने, भए पनि पुरै समय नबस्ने, बैठकमा कोरम नपुग्ने, बैठक प्रभावित भई महत्वपूर्ण विषयहरु थाती हुने गरेका छन् भने माओवादी, रास्वपा र राप्रपाले पुरै समय बसेर सरकार र एमाले तथा काँग्रेसविरुद्ध भाषण दिएका वखत त्यसको प्रतिवाद गर्ने कोही नहुने भएपछि सांसदहरुको आलोचना बढिरहेको अवस्था छ । यसअघि पनि यसैगरी अधिवेशन शुरु भएकै दिन सुनिता बराल अफ्रिकाको मालावी गएकी थिइन् । 

कलङ्कीमा बहिनीसँग बस्दै आएकी अविवाहित सुब्बा अहिले भक्तपुरस्थित सिल्वालकै घरमा डेरा सरेको स्रोतको दावी छ । दशैं तिहारको बीचमा उनले कलङ्कीको डेरा छोडेकी थिइन् । सिल्वाल जुगल गाउँपालिका वडा नं.४ बाट वडा सदस्यमा उठेर जिल्ला समन्वय समिति उपप्रमुखको उम्मेदवार हुँदा २ मतले पराजित भएका थिए । भक्तपुर घर बनाएका सिल्वालको पुख्र्यौली घर सिन्धुपाल्चोकको जुगलमा श्रीमती बस्छिन् भने दुई छोरी विदेशमा अध्ययनरत छन् । भक्तपुरमा बसेर नेता सिल्वालले ठेक्कापट्टाको व्यवसाय गर्दै आएका छन् । सिल्वालका छोरीहरु विदेश गएपछि सुब्बा डेरा सरेको दावी गरिएको छ । त्यसो त सिल्वाल अखिलको जिल्ला अध्यक्षसमेत थिए । 

सांसद सुब्बा समानुपातिक सांसद हुन् भने एमालेको भूमिहीन सुकुम्बासी संगठन सर्लाही सचिव, भूमि अधिकार मञ्च नेपालको जिल्ला अध्यक्ष हुँदै केन्द्रीय कोषाध्यक्ष, सचिव, महासचिव र अध्यक्षसम्मको भूमिका निर्वाह गरेकी छन् । 
 

टिप्पणीहरू