जेलेन्स्की वाशिंगटनमा, रुसी राष्ट्रिय सुरक्षा परिषदका सचिव बेइजिङमा

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिका पुगेका छन् । अमेरिकासँग आफ्नो मुलुकको खनिज उत्खनन् सम्झौतामा हस्ताक्षर गर्न उनी राजधानी वाशिंगटन डिसी पुगेका हुन् ।
भोलि राष्ट्रपति डोनाल्ड ट्रम्प र जेलेन्स्कीबीच हुने भेटवार्तापछि खनिज र दुर्लभ पृथ्वी विकाससम्बन्धी सम्झौताहरूमा हस्ताक्षर गरिँदै छ ।
यता रुसी महासंघको राष्ट्रिय सुरक्षा परिषदका सचिव सेरगेइ शोइगु बेइजिङ पुगेका छन् । सेरगेइले आज चिनियाँ राष्ट्रपति सि जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेको सिन्हवा समाचार समितिले जनाएको छ ।
सो क्रममा यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सिबीच भएको दुई पटकको कुराकानीको चर्चा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिको पछिल्लो अवस्थाबारे छलफल भएको बताइन्छ ।
टिप्पणीहरू